aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

आठ हजार यूरोसहित विमानस्थलबाट एक पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०२ जेठ २०७६
आठ हजार यूरोसहित विमानस्थलबाट एक पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चितवनको भरतपुर जान लागेका एक व्यक्ति विहीबार आठ हजार यूरोसहित पक्राउ परेका छन् । भरतपुर महानगरपालिका–५ बस्ने नेपालीमूलका बेल्जियम नागरिक रामचन्द्र सुवेदीलाई लुकाइछिपाइ लैजान लागेको यूरोसहित पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

विमानस्थलको आन्तरिक उडानतर्फको प्रस्थान क्षेत्रमा शरीर खानतलासी गर्ने त्रममा उक्त युरो फेला पारी पक्राउ गरिएको हो । घटनाको विषयमा आवश्यक अनुसन्धानका लागि उक्त रकमसहित उनलाई  राजश्व अनुसन्धान विभाग हरिहर भवन पठाइएको प्रहरीले जनाएको छ । 
 

प्रतिक्रिया दिनुहोस