aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

'विरगञ्जका रुंगटालाई कोरोना छैन'

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०९ चैत्र २०७६
'विरगञ्जका रुंगटालाई कोरोना छैन'

काठमाडौं । पर्साको वीरगञ्जमा एक मारवाडी समूदायका शिवकुमार रुंगटा भारतको पटनामा ज्वरो आएर अस्पतालमा भर्ना भएका छन । विरगञ्जका  व्यापारी चार दिन अघिमात्र ज्वरो आएका कारण भारतको पटना मेडिकल कलेजमा भर्ना भएको विरगञ्ज महानगरपालिकाका मेयर वियज सरावगीले आर्थिक न्युजडटकमलाई जानकारी गराए । उनले भने, 'अहिले जसरी समाचारहरु आइरहेका छन् ती भ्रम छर्ने मात्र हुन विरगञ्जका शिवकुमार रुंगटाको भारतमा उपचार भइरहेको र उनलाई चार दिनअघि मात्र अस्पताल भर्न भएदेखि उनको स्वास्थ्यमा सुधार भइरहेको छ ।' 

बिरामीलाई कोरोना भाइरस (कोभिड १९)को सस्पेक्टेक देखिएकाले भारतस्थित पटना मेडिकल कलेजमा उपचार भइरहेको र रुंगटाको पोलिमोराइजेसन चेन रियाक्सन(पीसीआर) टेष्टका लागि भारतको पुणा पठाइएको स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. महेन्द्र श्रेष्ठले बताए ।  

वीरगञ्जका शिवशंकर रूङ्गटालाई कोरोनाको संक्रमण पोजेटिभ  भएको भन्दै केहि ठूला र सबैभन्दा पहिला समाचार ब्रेक गर्ने नाम अफवाह फैलाउने काम गरे । देश विदेश र सारा देशभरी भ्रम सृजना गरेरका छन् । देखिएको छ। पर्साका सहायक प्रमुख जिल्ला अधिकारीकै भनाई भन्दै रुंगटालाई पटनाको एक मेडिकल कलेजमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको समाचार बनाए ।

मानौ विरञ्जमा कफ्यू नै जारी गर्न लागेको जस्तो गर्दै केहिले विरगञ्ज महानगरपालिकाको आकस्मिक बैंठक बस्दै भने तर यी सबै अफवाह भएको पुष्टि केहि घण्टा वित्ननपाउदै भयो । भारतको पटनामा उपचार गराइरहेका रुंगटाको रिर्पोटमा नेगेटिभ आएपछि फेरि तिनै अनलाइनले समाचारको पुच्छारमा क्षमापार्थिभन्ने शब्द जोडे र समाचार झुटो भएको आफै स्वीकारे । 

प्रतिक्रिया दिनुहोस