aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

सबै नाका एक साता बन्द गर्ने सरकारको निर्णय

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०९ चैत्र २०७६
सबै नाका एक साता बन्द गर्ने सरकारको निर्णय

काठमाडौं  । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले भारत र चीनतर्फका सबै सीमा नाका एक सातासम्म बन्द गर्ने निर्णय गरेको छ। भारतमा कोरोनाको संक्रमण देखिएपछि नेपालले सीमा नाका बन्द गर्ने प्रस्ताव राखेकोमा सो सम्बन्धी कुनै जवाफ नदिई भारतले पुरै मुलुक लक डाउन गरेपछी नेपाल सरकारले यस्तो निर्णय गरेको हो ।

सरकारले गरेका निर्णयबारे बालुवाटार स्थित बिश्वस्त स्रोतले बताए अनुसार  सोमबार  बिहान १० बजेबाट एक साताका लागि सबै नाका बन्द गर्ने निर्णय भएको छ ।

स्रोतका अनुसार रोजगारी तथा अध्ययनका लागि भारत गएका हजारौं नेपाली नेपाल फर्कने क्रम अनियन्त्रित भएपछी सरकारले यस्तो निर्णय गर्नु परेको हो । यसअघी  शनिबार बसेको कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको बैठकमा नै नाका बन्दको बिषय जोडतोडले उठेको थियो । सो बैठकमा केही मन्त्रीहरुले भारत सहमत नभए एकतर्फी रुपमै भएपनि सीमा नाका बन्द गर्नुपर्ने धारणा राखेका थिए ।

उता भारतले पनि आइतबार मध्यरातिबाट लागू हुने गरी अन्तरप्रदेश बस सेवा र रेल्वे बन्द गर्ने निर्णय गरेको छ भने नेपाल सरकारले १० गते सोमबार देखी लामो दुरीका बस संचालनमा रोक लगाउने निर्णय यसअघि नै गरिसकेको छ । 

प्रतिक्रिया दिनुहोस