काठमाडौं । नेपाली सेनाले एक्कै दिन मोरङको टाँडीमा २ सय क्षमताको क्वारेन्टाइन बनाएको छ । कोरोना भाइरस जोखिमको पूर्व तयारीका लागि नेपाली सेनाले टाँडीमा प्रदेश स्तरीय पहिलो क्वारेन्टाइन स्थल तयार भएको हो । प्रदेश सरकारले मोरङको टाँडी र सुनसरीको श्रीलंका टाप्पुमा १ हजार क्षमताको क्वारेन्टाइन स्थल बनाउने घोषण गरेसँगै नेपाली सेनाले पहिलो चरणमा २ सय क्षमताको क्वारेन्टाइन स्थल तयार पारेको हो ।
नेपाली सेनाले सेनासँग रहेको टेण्ट, वेड लगायतका सामाग्री प्रयोग गरी एकै दिनमा यो क्वारेन्टाइन स्थल तयार पारेको नेपाली सेनाको २ नंम्वर वाहिनी धनकुटाको सहायक रथी यमप्रसाद ढकालले बताए । सहायक रथी ढकालले एकै दिनमा टाँडीस्थित नेपाली सेनाको सूर्यदल गणको परिसर भित्रको करिव ४ विघा क्षेत्रफलमा १ सय वेडको क्वारेनटाइन तयार गरेको हो ।
प्रदेश सरकारको योजना अनुसार पहिलो चरणमा २ सय क्षमतको प्रदेश स्तरीय क्वारेन्टाइन स्थल तयार भएपनि आवश्य परेको खण्डमा थप सोही स्थानमा २ सय र सुनसरीको श्रीलंका टाप्पुमा थप २ सय क्षमताको क्वारेन्टाइन स्थल तयारी गर्ने योजनामा सेना रहेको ढकालले जानकारी दिए ।
‘कोरोना संक्रमित आशंका गरिएका कुनैपनि व्यतिm राख्न क्वारेन्टाइन स्थलमा तयारी अवस्थामा छ,’ सहायक रथी ढकालले भने,‘ आवश्यक जनशतिm सहितको टिम उपचारमा खटिने व्यवस्था गरिएको छ ।’
प्रतिक्रिया दिनुहोस