
भारत । भारतको राजधानी दिल्ली तथा अन्य राज्यमा यो महिनाको अन्त्यसम्मका लागि भन्दै कोरोनाभाइरस सङ्क्रमण फैलिन नदिन आवतजावत नियन्त्रणका कडा उपाय अवलम्बन गरिएको छ।
राजधानी दिल्लीमा सोमवार बिहान ६ बजेदेखि लकडाउन लागु गरिएको हो । तर दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालका अनुसार उक्त अवधिमा अत्यावश्यक सेवाहरू भने सञ्चालन हुनेछन्।
यसअघि आइतवार भारतभरि बिहानदेखि बेलुकासम्म जनता कर्फ्यूु लागु गरिएको थियो।
आइतवार साँझ भारत सरकारले देशका २२ राज्यका ७५ जिल्लामा मार्च ३१ सम्मको लागि लकडाउन वा अनावश्यक आवतजावतमा प्रतिबन्ध घोषणा गर्यो।
कोरोनाभाइरस सङ्क्रमण भेटिएका स्थानहरूमा ती प्रतिबन्ध लागु हुनेछन्। बीबीसी
प्रतिक्रिया दिनुहोस