aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

यस्तो छ आजको मौसम

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १० चैत्र २०७६
यस्तो छ आजको मौसम

काठमाडौं । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभावकासाथै स्थानीय वायूको समेत प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार हाल देशको पूर्वी भू–भागमा सामान्य बदली रहेको छ, भने मध्य र पश्चिमका पहाडी भेगमा आंशिक बदली रहेको छ ।

आज दिउँसो पुर्वी पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ ।

पूर्वी पहाडी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

आज राती देशको पश्चिमी भू–भागमा सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस