aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

कोरोनाबाट विश्वभर १४ हजार ६८७ जनाको मृत्यु, ३ लाख ३८ हजारभन्दा बढि संक्रमित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १० चैत्र २०७६
कोरोनाबाट विश्वभर १४ हजार ६८७ जनाको मृत्यु, ३ लाख ३८ हजारभन्दा बढि संक्रमित

काठमाडौं । कोरोना भाइरसको संक्रमण विश्वको १ सय ८६ भन्दा बढी देशमा फैलिसकेको छ । कोरोनाको संक्रमणले १४ हजार ६ सय ८७ जनाको मृत्यु भएको छ ।

पछिल्लो समय कोरोनाबाट मर्नेको संख्या चीनमा भन्दा इटली धेरै रहेको छ । इटालीमा आइतबार मात्रै ६ सय ५१ जनाको मृत्यु भएर अहिलेसम्म ५ हजार ४ सय ७६ जनाको मृत्यु भइसकेको छ ।

यस्तै चीनको हुबेई प्रान्तमा मृतकको संख्या ३ हजार १ सय ५३ पुगेको छ । यसबाहेक स्पेनमा १ हजार ७ सय ७२, इरानमा १ हजार ६ सय ८५ र फ्रान्समा ६ सय ७४ जनाको मृत्यु भएको छ ।

संसारभरी तीन लाख ३८ हजार भन्दा बढी संक्रमित देखिएका छन् । संक्रमित व्यक्तिको संख्या सबैभन्दा धेरै चीनमा छ । चीनमा ८१ हजार ४ सय २६ संक्रमित देखिएका छन् भने इटलीमा ५९ हजार १ सय ३८, अमेरिकामा ३३ हजार २ सय ७६, स्पेनमा २८ हजार ७ सय ६८ र जर्मनीमा २४ सय ८ सय ७३ घटना पुष्टि भएका छन् ।

भारतमा यो संक्रमणका कारण अहिलेसम्म ७ जनाको मृत्यु भइसकेको छ भने ३ सय ६० जना संक्रमित भएका छन् । 

प्रतिक्रिया दिनुहोस