aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

फ्रान्सबाट नेपाल आएकी १९ वर्षिय युवतीमा कोरोना संक्रमण भएको पुष्टि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १० चैत्र २०७६
फ्रान्सबाट नेपाल आएकी १९ वर्षिय युवतीमा कोरोना संक्रमण भएको पुष्टि

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा एक व्यक्तिलाई कोरोना भाइरसको सङ्क्रमण भएको पुष्टि गरेको छ । फ्रान्सबाट नेपाल फर्केकी १९ बर्षिय एक युवतीमा कोरोना पोजेटिभ भेटिएको स्वास्थ्य मन्त्रालयले पुष्टि भएको मन्त्रालयमा आयोजित पत्रकार सम्मेलन मार्फत यसबारे जानकारी दिइएको हो ।

गत मंगलबार चैत ५ गते फ्रान्सबाट कतार हुदै नेपाल आएकी उनमा कोरोना पोजेटिभ  भेटीएको हो। उनी हाल टेकु अस्पतालमा रहेको मन्त्रालयले जनाएको छ ।   

उनीसँग भेटघाट गरेका सबै व्यक्तिलाई क्वारेन्टाइनमा राखिएको पनि मन्त्री ढकालले जानकारी दिए। उनी होम क्वारेन्टाइनमा रहँदा उनले भेटेका सबैलाई क्वारेन्टाइनमा राखेर स्वास्थ्य परीक्षण गरिने पनि मन्त्री ढकालले जानकारी दिए।

युवतीसँगै विमानमा को को आएका थिए भन्नेबारे ट्रयाक गरिने पनि मन्त्रीले जानकारी दिएका छन्। यसअघि चीनबाट आएका एक जना नेपालीको स्वास्थ्य परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो । तर, उनी उपचारपछि निको भएर घर फर्किसकेको बताएका छन् ।

सरकारले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सबै अन्तर्राष्ट्रिय नाका बन्द गराएको छ भने अन्तर्राष्ट्रिय उडानसमेत बन्द गरेको छ । आजैदेखि लामो दुरीका सार्वजनिक यातायातमा पनि रोक लगाइसकेको छ । स्वास्थ्यमन्त्री ढकालले धर्य नगुमाउने र सावधानी अपनाएर विस्तारित हुन नदिन सबैलाई अपील गरेका छन् ।

हालसम्मकाे विश्वभरकाे स्थिती 

अहिलेसम्मको स्थितीमा बिश्वभर कोरोना प्रभावित हुनेको संख्या ३ लाख ४१ हजार २३४ जना पुगेको छ भने १४ हजार ७ सय ४६ जनाको मृत्यु भइसकेका छन् । 

कोरोना प्रभावितहरुमध्ये ९९ हजार २८ जनालाई उपचारपछि निको भैसकेको बिश्व स्वास्थ्य संगठन डब्लुएचओले जनाएको छ । योसँगै पछिल्लो २४ घण्टाभित्र २ हजार ६ सय २ जनामा नयाँ कोरोना संक्रमण भएको देखिएको छ भने ६६ जनाको मृत्यु भएको छ ।   

प्रतिक्रिया दिनुहोस