aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

चीनका लागि नेपाली राजदूतमा पाण्डे

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १० चैत्र २०७६
चीनका लागि नेपाली राजदूतमा पाण्डे

काठमाडौं । चीनका लागि नेपाली राजदूतमा महेन्द्रबहादुर पाण्डेको नाम अनुमोदन भएको छ ।

सोमबार संसदीय सुनुवाई समितिबाट उनको नाम सर्वसम्मतिले अनुमोदन गरेको हो । 

गत फागुनमा सरकारले चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याललाई फिर्ता बोलाएर उनको ठाउँमा नेकपा नेता महेन्द्रबहादुर पाण्डेको नाम सिफारिस गरेको थियो । 

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पहिलो कार्यकालमा पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेलाई चीनका लागि राजदूतमा सिफारिस गरेको भए पनि सत्ता परिवर्तनपछि प्रचण्डले नेतृत्व सम्हालेपछि ओलीको उक्त निर्णय बदर गर्दै लिलामणीलाई पौडेललाई सिफारिस गरेको थियो ।

प्रतिक्रिया दिनुहोस