
कैलाली । कैलालीमा आजदेखि अनिश्चितकालीन निषेधाज्ञा (कर्फ्यु) जारी गरिएको छ । जिल्ला सुरक्षा समितिको बैठकले अर्को सूचना नआएसम्मका लागि कर्फ्यु जारी गर्ने निर्णय गरेको हो ।
बिहानैदेखि कैलालीमा बजार बन्द छन् । अहिले विभिन्न ठाउँमा माइकिङ्ग भइरहेको छ ।
कैलालीमा गाडी चल्न पनि दिइएको छैन ।
कैलालीमा नाकाबाट सर्वसाधारण भित्रन सक्ने भएकाले कर्फ्यु लगाइएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस