aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

भारतका २२ राज्यमा ‘लकडाउन’, नेपाल–भारत सीमा बन्द

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १० चैत्र २०७६
भारतका २२ राज्यमा  ‘लकडाउन’, नेपाल–भारत सीमा बन्द

एजेन्सी । भारतको राजधानी दिल्लीसहित विभिन्न राज्यमा मार्च महिनाको अन्त्यसम्मका लागि भन्दै कोरोनाभाइरस सङ्क्रमण फैलिन नदिन आवतजावत नियन्त्रणका कडा उपाय लागू गरिएको छ ।

नेपाल सरकारले पनि भारत र चीनसँगका सबै सीमानाका एक सताका लागि बन्द गर्ने निर्णय गरेको छ ।

भारतको राजधानी दिल्लीमा सोमवार बिहान ६ बजेदेखि लकडाउन लागू भयो । तर दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालका अनुसार उक्त अवधिमा अत्यावश्यक सेवाहरू भने सञ्चालन हुनेछन् ।

यसअघि आइतवार भारतभरि बिहानदेखि बेलुका सम्म जनता कर्फ्यूु लागु गरिएको थियो ।

आइतवार साँझ भारत सरकारले देशका २२ राज्यका ७५ जिल्लामा मार्च ३१ सम्मको लागि लकडाउन वा अनावश्यक आवतजावतमा प्रतिबन्ध घोषणा गरेकाे छ ।

कोरोनाभाइरस सङ्क्रमण भेटिएका स्थानमा ती प्रतिबन्ध लागू हुने अन्तराष्ट्रय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

नेपाल–भारत सीमामा के हुन्छ ?
मन्त्रिपरिषद्‌को निर्णयानुसार नेपाल-भारत सीमाबाट सोमवार १० बजेदेखि चैत १६ गतेसम्म यात्रु प्रवेश गर्न पाउनेछैनन् । तर वस्तुको प्रवेशमा कुनै रोक लाग्नेछैन ।

प्रतिक्रिया दिनुहोस