aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 

वल्डो मिटरमा फेरियो नेपालको रंग

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १० चैत्र २०७६
वल्डो मिटरमा फेरियो नेपालको रंग

काठमाडौं । सोमवार कोरोना भाइरसबाट संक्रमित थप एक जनाको पहिचान भएसंगै वल्डो मिटरमा नेपालको रंग फेरिएको छ ।  यसअघि कोरोना संक्रमण फैलिएका १९२ वटा मुलुक मध्ये नेपाल मात्र हरियो रंगमा देखिएको थियो । 

यस अघि एक जना संक्रमित व्यक्ति फेला परेको र उनि पुर्णरुपमा स्वस्थ भइसकेको भन्दै नेपाललाई वल्डो मिटर डट इनफोले हरियो रंगसहित सुचिकृत गरेको थियो । फ्रान्सबाट स्वदेश फर्किएकी १९ वर्षिय युवतीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि अब नेपाल पनि अन्य संक्रमित मुलुककै हैसियतमा पुगेको छ । 

१९२ वटा मुलुकको सुचिमा अब गाम्बिया मात्र त्यस्तो मुलुक रहेको छ जसलाई वल्डो मिटरले खैरो रंगमा राखेको छ । 
यसको अर्थ गाम्बियामा फेला परेका सबै संक्रमितहरु निको भइसकेका छन् । त्यहाँ संक्रमणमा परेका एक जना व्यक्तिको मृत्यु भएसंगै अब त्यहाँ भाइरस संक्रमित व्यक्ति नरहेका हुन् । 


 

प्रतिक्रिया दिनुहोस