aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 

लकडाउनमा थपियो अर्को जिल्ला

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १० चैत्र २०७६
लकडाउनमा थपियो अर्को जिल्ला

काठमाडौं । पछिल्ले समय लकडाउन गर्ने जिल्ला धमाधम थपिदै गएका छन् । कोरोना भाइरस ९कोभिड–१९० को संक्रमणबाट जोगिन चितवन जिल्लाले पनि लकडाउन गरेको छ । 

बाहिरी जिल्लाबाट आएका सार्वजनिक सवारीसाधनलाई चितवन प्रवेशमा रोक लगाइएको छ।  सरकारले सोमबारदेखि लामो दूरीको सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाएपछि अन्य जिल्लाबाट आएका सार्वजनिक सवारी साधनहरुलाई चितवन प्रवेशमा रोक लगाइएको हो। 

चितवन प्रवेश गर्ने मुख्य नाकाहरुमा प्रहरी तैनाथ गरी बाहिरी जिल्लाबाट आएका यात्रुबाहक बसहरुलाई जिल्ला प्रवेशमा रोक लगाइएको हो । 

चितवन प्रवेश गर्ने मुख्य नाकाहरु लोथर, पुलचोक, मुग्लिङ र मौवा खोलामा चेकप्वाइन्ट राखेर अन्य जिल्लाबाट आएका सार्वजनिक सवारी साधनलाई जिल्ला प्रवेशमा रोक लगाइएको हो।  

प्रतिक्रिया दिनुहोस