aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

मंगलबारदेखि सरकारी कार्यालय पनि बन्द गर्ने सरकारी तयारी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १० चैत्र २०७६

काठमाडौं । सरकारले भोलि मंगलबारदेखि अत्यावश्यक सेवा बाहेकका अन्य सेवा प्रदायक सरकारी कार्यालय पनि बन्द गर्ने तयारी गरेको छ । 
स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा सुरक्षामा खटिने सेना, प्रहरीलगायत अत्यावश्यक सेवाका बाहेक अन्य कर्मचारीलाई भने विदा दिने तयारी सरकारले गरेको हो । उनीहरूलाई घरमै तयारी अवस्थामा राखिने तयारी गरेको उच्च स्रोतले बताएको छ । 

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोकत्वमा रहेको कोरोना (कोभिड–१९ )संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले यसबारे निर्णय गर्ने बुझिएको छ । अत्यावश्यक सेवा बाहेकका निजामति कर्मचारीलाई घरमै ’स्ट्यान्डबाइ’ मा बस्न निर्देशन दिने तयारी गरिएको हो । 

प्रतिक्रिया दिनुहोस