
काठमाडौं । भारतमा कोरोना भाइरसबाट फेरि अर्को एक जनाको मृत्यु भएको छ । यो संगै भारतमा कोरोनाभाइरसबाट कारण मृत्यु हुनेको संख्या आठ पुगेको छ।
इटालीबाट फर्केका ५५ वर्षीय व्यक्तिको सोमबार कोलकत्तामा मृत्यु भएको हो। भारतको वेष्ट बंगालमा मृत्यु भएको यो पहिलो घटना हो।
विजनेस टुडेका अनुसार ती व्यक्ति परिवारसहित भारत फर्केको बताइएको छ भने उनका छोरा अझै पनि इटालीमै रहेका छन् । उनको मृत्युसँगै भारतमा मृत्यु हुनेको संख्या आठ पुगेको हो।
भारतमा अहिले सम्म ४ सय १५ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भइसकेको छ।
प्रतिक्रिया दिनुहोस