
काठमाडौं । अन्तर्राष्ट्रिय उडानका चार जहाजहरू आफ्ना नागरिक लिएर फर्किएको छ । सरकारले ९ चैत्र २०७६ देखि १८ चैत्र २०७६ सम्म अन्तर्राष्ट्रिय वायुसेवाको नेपाल उडान स्थगन गरेपनि कतारको दुई र इत्तिहाद र कोरियन एयरले आफ्ना नागरिक लिएर फकिएको हो । ती वायुसेवा कम्पनीहरूले अनुमति लिएर आकस्मिक उडान भर्न दिइएकोे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता देवचन्द्रलाल कर्णले जानकारी दिए ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले दिएको जानकारी अनुसार यसरी अनुमति लिएपछि विदेशी वायुसेवाले यात्रु लिएर आउन नपाउने र खाली आएर नेपालबाट यात्रु भने लिएर जान पाउने व्यवस्था छ । प्राधिकरणले विदेशी वायुसेवा यात्रु विना आउन अनुमित दिएका कारण आज सोमबार मात्र चार वटा अन्तर्राष्ट्रिय वायुसेवाले उडान गरेका छन् ।
सरकारी तथ्यांक अनुसार नेपालमा अहिले करिब ५ हजार विदेशी नागरिक रहेका छन् । उनीहरूलाई सम्बन्धित देशका वायुसेवाले लैजान पाउन भएकाले ती वायुसेवाले नेपालमा उडान भरेका हुन् । कर्णका अनुसार सोमबारको उडान अनुमति लिएको वायुसेवामा कतार एयरको एक उडान बिहान १० बजेर १५ मिनेटमा आएको थियो । यो वायुसेवाले ११ बजेर १५ मिनेटमा यात्रु लिएर फिर्ता गएको छ ।
यही वायुसेवा बेलुका ६ः५२ मा आएर ७ः१५ मा आफ्ना यात्रु लिएर गएको छ । इत्तिहादले पनि दिउसो ५ः४५ मा नेपाल आएर ६ः४० मा फिर्ता जाने छ । यस्तै कोरियन एयरले पनि बेलुका ५ः३० मा आएर ६ः०५ मा फर्कने अनुमति लिएको थियो ।
प्राधिकरणले सूचना जारी गरेरै खाली आएर यात्रु लिन पाउने निर्णय गरेको थियो । उडान प्रतिबन्धको समयमा अन्तर्राष्ट्रिय वायुसेवाले आकस्मिक उडान पनि भर्न पाउने छन । विदेशी वायुसेवाले खाली आएर नेपालबाट यात्रु लैजान भने पाउनेछन् ।
प्रतिक्रिया दिनुहोस