
काठमाडौं । सरकारले भोलि ११ गतेदेखि १८ गतेसम्म एक सातासम्म पूर्णरुपमा देशभर लक डाउन गर्ने निर्णय गरेपनि बीमा क्षेत्रले भने आफ्नो सेवा सूचारु राख्ने भएका छन् । भोलि मंगलबार घोडेजात्रा भएकाले उपत्यकामा बीमा कम्पनीहरू बन्द भएपनि पर्सी बुधबारदेखि नियमित काम हुने बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईँले बताए ।
‘बीमा अत्यावश्यक सेवामा पर्ने भएकाले बन्द गर्न मिल्दैन,’ उनले भने ‘ अत्यावश्यक सेवाको लागि सरकारी सवारी साधन तथा हवाइजहाजै चलाउनु पर्ने अवस्था आउन पनि सक्छ ,त्यस्तो अवस्थालाई मध्ये नगर गरेर कम्पनीहरूले बीमा सेवा दिने व्यवस्था मिलाएका हुन्छन् ।’ बीमा जोखिम वहन गर्ने व्यवसाय भएकाले यस्तो समयमा कम्पनीहरू अझ सक्रिय हुनुपर्ने समितिको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस