aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

'लकडाउन' उलंघन गरे यस्तो हुनेछ कारबाही, औद्योगिक मजदुरलाई विदा दिन आदेश

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ११ चैत्र २०७६
'लकडाउन' उलंघन गरे यस्तो हुनेछ कारबाही, औद्योगिक  मजदुरलाई विदा दिन आदेश

काठमाडौं । नेपाल सरकारले कोरोना भाइरस संक्रमणको महामारी रोक्नका लागि आजबाट गरेको 'लकडाउन' उलंघन गरे ६ महिना कैद र ६ सय रुपैयाँ जरिवना वा दुवै सजाय हुने छ ।   प्रयासमा एक साताका लागि देशलाई ‘लकडाउन’ गरेको छ । साथै देशभरका आज मंगलबार गतेदेखि चैत १८ गतेसम्म बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म अत्यवाश्यक काम बाहेक घरबाट बाहिर निस्कन रोक लगाइएको छ ।

मन्त्रिपरिषद्को सोमबारको बैठकले सङ्क्रामक रोग ऐन, २०२० को दफा २ ले दिएको अधिकार प्रयोग गरी सोको रोकथाम र निर्मूूल गर्न उक्त आदेश जारी गर्ने निर्णय गरिएको हो । आदेशमा भनिएको छ, “औषधोपचार, खाद्यवस्तु खरिदजस्ता अत्यावश्यक कामबाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर ननिस्कने ।” 

अनुमतिप्राप्त सवारी साधन, स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्नेबाहेक सबै प्रकारका सार्वजनिक वा निजी यात्रुबाहक सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाउने पनि आदेशमा उल्लेख छ । आदेश जारी भएसँगै सुरक्षा निकायबाट प्रयोग हुने वायुयान र तोकिएका अन्य उडानबाहेक अन्य सबै आन्तरिक व्यावसायिक उडान बन्द गर्नुपर्नेछ । 

आदेशमा स्वास्थ्य, सुरक्षा, खाद्यवस्तु, खानेपानी, दूध, विद्युत्, दुरसञ्चार, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टाइन, फोहोरमैला व्यवस्थापनजस्ता अतिआवश्यक सेवाबाहेक अन्य कार्यालय सञ्चालनका लागि आवश्यकपर्ने कर्मचारी मात्र उपस्थित हुने व्यवस्था गरी अन्य कर्मचारीलाई आवश्यक परेका बखत तत्काल उपस्थित हुनेगरी सम्बन्धित कार्यालय प्रमुखले बिदा दिने उल्लेख छ ।

औषधि तथा स्वास्थ्य उपकरण, खाद्यवस्तु, खानेपानी, दूध, इन्धन उत्पादन गर्ने उद्योगबाहेक निजी क्षेत्रबाट सञ्चालित अन्य उद्योग, कलकारखानामा काम गर्ने श्रमिक, कर्मचारीलाई सम्बन्धित उद्योगले बिदा दिने व्यवस्था मिलाउने विषय पनि आदेशमा उल्लेख छ ।

व्यवसायीले औषधि र औषधिजन्य सामग्रीको नियमित आपूर्तिको व्यवस्था गर्ने, आभाव देखाइ मूूल्यवृद्धि गर्ने वा कालोबजारी, जम्माखोरी गर्ने वा लुकाउने वा आपूर्तिमा अवरोध गर्ने व्यक्तिलाई प्रचलित कानूनबमोजिम नियन्त्रणमा लिने, सामाग्री जफत गरी रोगको रोकथाम र उपचारको कार्यमा उपयोग गर्ने आदेशमा भनिएको छ । 


 चीनको बुहानबाट शुरु भएको कोरोना संक्रमण  विश्वका १९५ वटा देशमा फैलिएको छ ।  तर, विश्वका १९४ देशहरुमा यसको संक्रमण फैलिइसकेको छ । कोरोना संक्रमणबाट १५ हजार बढीको ज्यान गइसकेको छ भने साढे ३ लाख ७८ हजार ७ सय ५१ जना  मानिसहरु संक्रमित भएका छन् । १६ हजार ५ सय १ जनाको  मृत्यु भइसकेको छ । १ लाख १ हजार ६ सय ८जना मानिसहरु उपचारपछि निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस