aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 

कोरोना संक्रमित युवतीसँगै आएका युवकका कारण बाग्लुङमा त्रास, बुर्तिवाङमा क्वारेन्टाइनमा राखिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ११ चैत्र २०७६
कोरोना संक्रमित युवतीसँगै आएका युवकका कारण बाग्लुङमा त्रास, बुर्तिवाङमा क्वारेन्टाइनमा राखिने

काठमाडौं । नोबेल कोरोना भाइरस (कोभिड-१९) संक्रमित फ्रान्सबाट फर्किएकी किशोरीसँगै आएका बाग्लुङ ढोरपाटनका युवा घरमै रहेको पाइएको छ। गत चैत्र ४ गते फ्रान्सबाट फर्किएकी १९ वर्षीया किशोरीको आइतबार स्वास्थ्य परीक्षण गर्दा भाइरस पोजेटिभ देखिएको सोमबार सार्वजनिक भएको थियो।

उनीसँगै जहाजमा आएका ढोरपाटन नगरपालिका ५ अधिकारीचौरका एक युवालाई विशेष निगरानीमा राख्न पहल थालिएको छ। ती युवा फ्रान्सबाट आएर एकरात काठमाडौंमा बसी भोलीपल्ट गृह जिल्ला गएका थिए। अहिले उनी आफ्नै जन्मगाउँमा रहेका छन्। उनी कोरोना संक्रमण भएका किशोरीसँगै आएको खबर पछि गाउँले त्रसित बनेका छन् । 

घरमा रहेका ती युवालाई पैदल यात्रामार्फत आज बुर्तिबाङमा ल्याएर क्वारेन्टाइनमा राखेर परीक्षणलगायत अरु प्रक्रिया अघि बढाउने जनाइर्एको छ । 

प्रतिक्रिया दिनुहोस