aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 

कोरोनाको त्रासले घर फर्केका नेपालीलाई धनगढीको गौरिफन्टा नाकाबाट प्रवेश गर्न नदिएपछि...

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ११ चैत्र २०७६
कोरोनाको त्रासले घर फर्केका नेपालीलाई धनगढीको गौरिफन्टा नाकाबाट प्रवेश गर्न नदिएपछि...

काठमाडौं । कोरोना भाइरसको त्रासपछि भारतबाट नेपाल फर्किएका नेपाली नागरिकलाई प्रहरीले सीमानाकाबाट प्रवेश नदिएपछि धनगढीको गौरीफन्टा नाकामा तनाव भएको छ । करिब ६०० को संख्यामा सीमा नाकामा आइपुगेका नेपालीलाई सरकारले सीमानाका बन्द भइसकेको भन्दै प्रवेश नदिएपछि तनाव भएको हो । 

भारतका विभिन्न ठाउँबाट काम गरेर  सोमबार सीमामा आइपुगेका उनीहरुले मंगलबार बिहानसम्म पनि प्रवेश अनुमति नदिएको भन्दै सरकारविरुद्ध नाराबाजी गरिरहेका छन् । यस्तै प्रहरीमाथि ढुंगा समेत प्रहार गरेका छन् । प्रहरीले पनि लाठीचार्ज गरेको बताइएको छ । 

निकै तनावको अवस्था रहेको सो नाकाबाट उनीहरुलाई हालपनि प्रवेश गर्न दिइएको छैन भने बाक्लो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई परिचालन गरिएको छ । उनीहरुले स्वास्थ्य जाँच गरेर आफूलाई प्रवेश अनुमति दिन माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस