aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 

चीनले बढायो नेपाललाई सहयोगको हात, भन्यो- हामी साथमा छौँ !

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ११ चैत्र २०७६
चीनले बढायो नेपाललाई सहयोगको हात,  भन्यो- हामी साथमा छौँ !

काठमाडौं ।सबैभन्दा पहिले  कोरोना भाइरसको सङ्क्रमण देखिएको छिमेकी मुलुक चीनले कोरोना बिरुद्धको  लडाइँमा नेपाललाई साथ दिने भन्दै सङ्कटको बेला नेपाललाई साथ दिने भएको छ । चीन अहिले कोरोना बिरुद्धको युद्दमा  बिजय नजिक पुगिसकेको छ।

सोमबार नेपालमा कोरोना संक्रमित थप एक बिरामी भेटिएको पुष्टि भएलगत्तै नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले ट्विट गरेर चीन नेपालको साथमै रहेको भन्दै ढाडस दिएकी हुन् । उनले अहिले नेपालको लागि चीनले समेत प्रार्थना गरिरहेको उल्लेख गर्दै उनले चिकित्सा सामग्रीहरूको सहयोगका लागि प्रयास गरिरहेको पनी जानकारी दिएकी छन् ।

‘हामी नेपालका लागि प्रार्थना गर्दैछौं । हाम्रा नेपाली साथीहरूलाई सहयोग पुर्याउन चिकित्सा सामग्रीहरू सकेसम्म मिलाउँदै छौं । हामी साथमा छौं,’ राजदूत होउले ट्विटरमा लेखेकी छन् ।

चीनबाट आवश्यक सामग्री सहितको जहाज नेपाल आउने तयारीमा रहेको समाचार यसअघी नै सार्वजनिक भईसकेको छ । नेपालमा सङ्क्रमण फैलन सक्ने  सम्भावनालाई ध्यानमा राख्दै चीनले आवश्यक बस्तुको सुची माग गरिसकेको थियो । नेपालले पनी औषधी लगायतका सामग्रीको मात्र खोलेर सो सहयोग गरिदिन चीन समक्ष आग्रह गरिसकेको छ ।

चीनको निजी क्षेत्र समेत नेपाललाई सहयोगको लागी तत्पर देखिएको छ । अलिबाबाका संस्थापक ज्याक मा लगायतले नेपाललाई सहयोग गर्ने घोषणा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस