
काठमाडौं । चितवनको भरतपुर स्थित कोरोना विशेष अस्पतालमा एक युवको मृत्यु भएको छ । उनलाई केहि दिन आघि मात्र कारोनाको आशंकामा चितवन मेडिकल कलेजबाट सो अस्पतालमा पठाईएको थियो ।
कोरोना विशेष अस्पताल सम्बद्ध समाचार सुत्रका अनुसार उनको मंगलवार विहान ७ बजे मृत्यु भएको हो । मृतक विरगञ्ज निवासी ३० बर्षिय युवक भएको र उनी उच्च ज्वरो तथा रुघाखोकीबाट ग्रसित रहेका थिए । हाल उनको सव अस्पतालमै राखिएको छ भने सोमबार संकलन गरिएको उनको घाटिको र्याल आज मात्र परिक्षणको लागि काठमाडौं पठाईएको छ । उनी कोरोनाबाट संक्रमित भएको पुष्टि हुन अझै केहि समय कुर्नुपर्ने अस्पतालले जनाएको छ ।
लक्षणहरुको आधारमा उनलाई कोरोना संक्रमण भएको हुनसक्ने बताईएको छ । तथापि रुघाखोकी र निमोनियाका कारण उनको मृत्यु भएको हुनसक्ने सम्भावना प्रचुर रहेको पनि बताईन्छ ।
प्रतिक्रिया दिनुहोस