aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 

लोड भएका ट्रक ठाउँ ठाउँमा रोकिए, आपूर्तिमा समस्या आउने भन्दै व्यावसायी चिन्तित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ११ चैत्र २०७६
लोड भएका ट्रक ठाउँ ठाउँमा रोकिए, आपूर्तिमा समस्या आउने भन्दै व्यावसायी चिन्तित

काठमाडौं । मंगलवार विहान ६ बजेदेखि लागु भएको देशव्यापी लकडाउनका कारण अत्यावश्यक सामाग्री बोकेका ढुवानी सेवासमेत प्रभावित भएको छ । खाद्यान्न लगाएतका सामाग्रीहरु बोकेका मालवहाक ट्रकहरु ठाउँ ठाउँमा रोकिदा चाडै नै आपुर्ति व्यावस्थामा समेत समस्या आउन सक्ने ढुवानी व्यावसायिहरुले बताएका छन् । 

नेपाल ट्रक यातायात व्यावसायि महासंघका महासचिव राजेन्द्र बानियाँका अनुसार सोमवार १० बजे आपूर्ति मन्त्रालयमा मन्त्री लेखराज भट्टको संयोजकत्वमा बसेको बैठकले ढुवानीका सवारी सधानहरुलाई अत्यावश्यक उपभोग्य सामाग्री ढुवानीका लागि निरन्तर रुपमा सञ्चालनमा राख्ने निर्णय भएको थियो । 

महासंघका अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठ, महासचिव राजेन्द्र बानियाँ, आपूर्ति सचिव बैकुण्ठ अर्यालको समेत सो बैठकमा सहभागिता थियो । यातायात व्यावस्था विभागका महानिर्देशक गोगन बहादुर हमालसमेत बसेर निर्णय गरेपनि गृहमन्त्रासंग आवश्यक समन्वय हुन नसक्दा ढुवनी सम्वद्ध टकहरु सञ्चालनमा अबरोध सिर्जना भएको छ । 

बानियाँका अनुसार हाल धादिङको नौविसे, चितवनको नारायणगढ, लोथर, सिरहाको लहान, कोशी व्यारेज र कपिलवस्तुमा ठुलो संख्यामा मालवहाक टकहरु अलपत्र परेका छन् । लामो समयसम्म मुलुक लकडाउनको अवस्थामा रहँदा यी मालवहाक टकहरु माथि सो स्थानमा सुरक्षाको चुनौति वन्नुका साथै खाद्यान्नलगाएतका बस्तुको आपुर्तिमा सकेत समस्या देखा पर्न सक्ने चिन्ता रहेको बानियाँको भनाई छ । उनका अनुसार यदि समयमा नै उचित समन्वय गरेर ती टकहरुलाई निर्वाध आवागमनको व्यावस्था नमिलाउने हो भने केहि दिनमा नै चालक तथा सहचालक समेत घरघरमा बस्ने र आवश्यक परेको बेला समान ढुवानी हुन नसक्ने अवस्था सिर्जना हुनसक्छ । 

यसरी ट्रकलाई बिच बाटोमै रोक्नु भन्दा त्यसमा सवार चालक तथा सहचालकको स्वास्थ्य परिक्षण ठाउँ ठाउँमा गर्ने व्यावस्रुथा मिलाउने उनीहरुलाई सचेत पार्ने कुरामा ध्यान दिन र आपूर्ति व्यावस्थालाई चुस्त राख्न बानियाँले सरकारलाई सुझाव दिएका छन् । 

प्रतिक्रिया दिनुहोस