aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

‘लकडाउन’मा भक्तपुर (तस्वीरमा) यस्ताे देखियाे

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ११ चैत्र २०७६
‘लकडाउन’मा भक्तपुर (तस्वीरमा) यस्ताे देखियाे

भक्तपुर । विश्वमा फैलँदै गएको कोरोना भाइरस (कोभिड–१९) को सम्भावित सङ्क्रमणलाई ध्यानमा राखी सरकारले लकडाउन गरेसँगै काठमाडौँ उपत्यका सुनसान बनेको छ ।  

कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिको सोमबार साँझ बसेको बैठकले कोभिड–१९ को सङ्क्रमण थप नबढोस् भन्नाका लागि आज बिहान ६ बजेदेखि चैत १८ गते साँझ ६ बजेसम्म ‘लकडाउन’ गर्ने घोषणा गरेको थियो ।

त्यसैको असर काठमाडौं उपत्यकाको भक्तपुरमा परेको हो । जनजीवनलाई अति आवस्यक पर्ने हाइवे क्षेत्रका औषधी, किरानालगाएतका छिट फुट पसलबाहेक सम्पूर्ण पसलहरु बन्द रहेका छन् । बैंक तथा वित्तिय संस्था पूर्ण रुपमा बन्द रहेका छन् । एकाध एटीएम खुला रहेपनि (आउट अफ सर्भिस) सूचना देखिएको छ ।

अत्यावस्यक पसल  अत्यावश्यक मालबस्तुका सवारी साधनबाहेक अन्य प्राइभेट सवारी साधन बाहिर निस्के पनि सुरक्षकर्मीले फर्काइदिने गरेका छन् ।

सरकारले नेपालमा फ्रान्सबाट आएकी १९ वर्षीया युवतीमा कोरोना भाइरस सङ्क्रमण देखिएपछि अरुलाई नसरोस् भन्नाका लागि सङ्क्रमण रोग ऐन २०२० को दफा २ को उपदफा (२) बमोजिम लकडाउन गर्ने निर्णय गरेको हो । 

‘लकडाउन’सँगै औषधि, खाद्यवस्तु खरीदजस्ता अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर निस्कन नपाउने व्यवस्था गरिएको छ । यस्तै अनुमतिप्राप्त सवारी साधन, स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्नेबाहेक अन्य निजी तथा सार्वजनिक सवारी साधन आवतजावतमा पूर्ण रोक लगाइएको छ । 

सरकारले अत्यावश्यक कामबाहेक अन्य व्यक्ति घरबाट निस्कन निषेध गरेसँगै बाहिर हिँड्ने मानिसको सङ्ख्यामा नगण्य छ ।  लकडाउन उलङ्घन गरेमा ६ महिनासम्म कैद र रु ६०० सम्म जरिवाना वा दुवै हुने व्यवस्था छ । 

प्रतिक्रिया दिनुहोस