
झापा । कोरोना भाइरसको सङ्क्रमण देखिएकी युवतीसँगै यात्रा गरेका झापा घर भएका युवकमा कोरोना भाइरसको संक्रमणको कुनै लक्षण देखिएको छैन । झापाको बुद्धशान्ती नगरपालिकाका बासिन्दा उनको मंगलबार स्वास्थ्यकर्मीको बिशेष टोली घर मै पुगेर स्वास्थ्य जाँच गरेको थियो ।
स्थानीय स्रोतका अनुसार उनको शरीरको तापक्रम सामान्य रहेको र कोरोना सङ्क्रमणको कुनै पनि प्रकारको लक्षण नदेखिएको भन्दै घरमा नै क्वारेन्टाइनमा बस्न भनिएको छ । निजका परिवारका सदस्यलाई समेत आवश्यक सावधानी अपनाउन भनिएको छ ।
यदी ति युवा तथा परिवारका कुनै सदस्यमा स्वास्थ्य सम्बन्धी कुनै समस्या देखिएमा तुरुन्त नगरपालिका लगायत सम्बन्धित निकायमा सम्पर्क गर्न भनिएको स्रोतले जानकारी दिएको छ । उता झापा कै गौरादह नगरपालिका वार्ड न. ९ बैगुन्धुराका एक व्यक्ति समेत सोही विमानमा यात्रा गरेको भनिएकोमा उनले यात्रा गरेको बिमान अर्कै भएको खुल्न आएको छ ।
प्रतिक्रिया दिनुहोस