aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

नेपाली सेनाका २७ सुरक्षाकर्मी क्वारेन्टाइमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ११ चैत्र २०७६
नेपाली सेनाका २७ सुरक्षाकर्मी क्वारेन्टाइमा

काठमाडाैं । सेनाका अनुसार कोरोनाको संक्रमणका आशंका गरिएका विभिन्न तहका २७ सैनिक अधिकारी सेल्फ क्वारेन्टाइनमा रहेका छन् ।

क्वारेन्टाइनमा बस्ने विदेशबाट तालिम सकेर आउने ११, शान्ति मिसनबाट फर्किएका १४ र छुट्टीमा विदेश गएका र बिदा सकेर फर्किएका दुईजना छन् । तालिम सकेकाहरू अमेरिका, दक्षिण कोरिया, भारत, क्यानाडा र कतार फर्किएका हुन् ।

शान्ति मिसनमा गएकाहरू लिबिया, साउथ सुडान,माली र मलेसियाबाट फर्किएकाहरू हुन् । त्यस्तै बिदा सकेर फर्किएकाहरू भने सबै भारतबाट आएका हुन् ।

५४ हजारमा परीक्षणपछि एउटामा पोजेटिभ

सेनाका अनुसार विभिन्न मुलुकबाट फर्किएका ५४ हजार ६६ सर्वसाधारणलाई कोरोना परीक्षण गरिसकिएको छ । सेना र स्वास्थ मन्त्रालयको संयुक्त टोलीले ४१ वटा हेल्थ डेस्कबाट भएको परीक्षणमा १४ जनामा संक्रमणको आशंका गरिएको थियो ।

क्वारेन्टाइनमा राखिएका उनीहरूमध्ये पाँचजनालाई टेकु अस्पतालस्थित आइसोलेसनमा सारिएको छ । एकजनालाई टेकुकै आइसियू कक्षमा राखिएको छ । एकजनामा भने कोरोना पोजिटिभ देखिएको छ । उनको अहिले टेकु अस्पतालमा उपचार भइरहेको छ । 

प्रतिक्रिया दिनुहोस