aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

तरकारीको मूल्य हालसम्मकै उच्च विन्दुमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०३ जेठ २०७६
तरकारीको मूल्य हालसम्मकै उच्च विन्दुमा

काठमाडौं । दैनिकमा भान्सामा प्रयोग हुने खाद्यान्न तथा तरकारीको मूल्य आकासिएको छ । बजारभाउ अनुगमन तथा नियमन गर्ने आपूर्ति विभागका अनुसार तरकारीको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा राजु चौधरीले लेखेका छन् । 

‘तराई क्षेत्रमा भएको हावाहुरीले तरकारीमा केही असर पुगेकै हो तर भारतबाट पर्याप्त भित्रिएको छ ,’ विभागका महानिर्देशक योगेन्द्र गौचनले भने,‘मूल्य हालसम्मको उच्च हुनु रहस्यमय छ । मूल्य विश्लेषण गरेका छौँ । जुनसुकै बेला छापा मारेर कारबाही हुन्छ ।’

विभागका अनुसार सबैभन्दा बढी गोलभेडाको भाउ बढेको छ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्याकंले पनि एक महिनाकै अवधिमा गोलभेडाको मूल्य दोब्बरले बढेको देखाउँछ । यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित भएको छ ।  

प्रतिक्रिया दिनुहोस