aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 
सरकारी निर्णय

मेडिकल सामग्री चीन र भारतबाट ल्याउने, उपत्यकका बाहिर तीन ठाउँमा कोरोना परीक्षण गरिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ११ चैत्र २०७६
मेडिकल सामग्री चीन र भारतबाट ल्याउने, उपत्यकका बाहिर तीन ठाउँमा कोरोना परीक्षण गरिने

काठमाडौं । सरकारले आवश्यक औषधि, उपकरण तथा चिकित्सा सामग्रीहरु चीन र भारतबाट ल्याउने निर्णय गरेको छ । मंगलबार बसेको उच्चस्तरिय समन्वय समितिको बैठकले कोरोना भाइरस ‘कोभिड–१९) रोकथामका लागि परराष्ट्र मन्त्रालयले समन्वय गरेर छिमेकी मुलक चीन र भारतबाट आवश्यक औषधि तथा उपकरण ल्याउने निर्णय गरेको हो । 

नेपालमा कोभिड १९ को संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि अत्यावश्यक औषधि, उपकरण तथा चिकित्सा सामग्रीहरु मित्रराष्ट्र चीन र भारतबाट शीघ्र ल्याउने व्यवस्थाका लागि परराष्ट्र मन्त्रालयले समन्वय गर्ने जिम्मा  उच्चस्तरिय समितिलाई दिने निर्णयमा उल्लेख गरिएको छ ।

सरकारले धरान, पोखरा र नेपालगञ्जमा कोरोना भाइरस संक्रमणको परिक्षणको व्यवस्था गर्ने भएको छ ।  हालसम्म शुक्रराज सरुवा रोग केन्द्र टेकुमा मात्रै कोरोना भाइरस संक्रमणको प्राबिधिक परिक्षण हुँदै आएको छ । मंगलबार बसेको उच्चस्तरिय समन्वय समितिको बैठकले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा र भेरी अञ्चल अस्पताल नेपालगञ्जमा कोरोना भाइरसको संक्रमण परिक्षण गर्ने निर्णय गरेको हो । परिक्षण प्रयोगशाला निर्माणका लागि आवश्यक उपकरणहरुको व्यवस्था स्वास्थ्य मन्त्रालयले गर्नेछ । 


 

प्रतिक्रिया दिनुहोस