aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

अमेरिकामा कोरोना संक्रमित एक नेपालीको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ११ चैत्र २०७६
अमेरिकामा  कोरोना संक्रमित एक नेपालीको  मृत्यु

न्यूयोर्क । कोरोना भाइरसको संक्रमणबाट अमेरिकामा एक नेपालीको मृत्यु भएको छ । समाचार स्रोतका अनुसार बिगत १५ वर्षदेखि अमेरिकामा बस्दै आएका उनि मधुमेह र उच्च रक्तचापका बिरामी थिए ।

नेपालमा पाँचथर जिल्लामा घर भएका ५० वर्षीय अनिल सुब्बाको सोमबार न्यूयोर्कमा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको नेपाली जनसम्पर्क समिति अमेरिकाले जनाएको हो ।

सुब्बाका एक छोरा र दुई छोरी छन् । उनीहरु सबै अमेरिकामा बस्दै आएका थिए। बेलायतमा एकजना नेपालीको मृत्यु यसअघी नै भएको भएपनी अमेरिकामा कोरोना संक्रमणबाट नेपाली मूलका नागरिकको मृत्यु भएको यो पहिलो घटना हो । 

उनि त्यहाँ भाडाको ट्याक्सी चलाउने काम गर्थे ।

हालसम्म अमेरिकामा अन्य तीनजना नेपालीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। न्यूयोर्क राज्यको कुइन्समा बसोबास बसोबास गर्दै आएका ४७ र ५५ बर्षका दुईजना नेपालीलाई संक्रमण पुष्टि भएको हो। 

त्यसैगरी, भर्जिनियाको फेरफाक्समा बसोसबास गर्दै आएकी एक ३८ बर्षिय महिलालाई संक्रमण पुष्टि भएको हो। संक्रमितमध्ये एक जनालाई कुइन्सस्थित एल्मष्ट अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गरिएको छ। अन्य दुईजना घरमै सेल्फ क्वारेन्टाइनमा बसिरहेका छन्। 

प्रतिक्रिया दिनुहोस