aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 

आदेश उल्लङ्घन गर्ने ६८ पक्राउ, एक हजार गाडी नियन्त्रणमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १२ चैत्र २०७६
आदेश उल्लङ्घन गर्ने ६८ पक्राउ, एक हजार गाडी नियन्त्रणमा

काठमाडौं । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को रोकथामका लागि नेपाल सरकारले जारी गरेको आदेश पालना नगर्ने ६८ जनालाई विभिन्न स्थानबाट आज प्रहरीले नियन्त्रणमा लिएको छ । 

सम्झाइबुझाइ गर्दासमेत अटेर गरेपछि उनीहरुलाई मुलुकका विभिन्न ठाउँबाट पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएकोृ छ । प्रहरीका अनुसार कैलालीबाट ३१, कपिलवस्तुबाट १४, रुपन्देहीबाट सात, झापाबाट चार, सुनसरीबाट चार, पर्साबाट तीन, सिरहाबाट दुई, कञ्चनपुर दुई र धनुषाबाट एक गरी ६८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

आदेश विपरीत सञ्चालन गरेका एक हजार ५७१ सवारीसाधनलाई समेत विभिन्न स्थानबाट प्रहरीले नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले कोरोना सङ्क्रमणको सम्भावित जोखिमबारे सम्झाइबुझाइ गर्नुका साथै आवश्यक सोधपुछ तथा अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस