
काठमाडौं । नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल देशको मध्य र पश्चिमी पहाडी भूभागमा सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ ।
महाशाखाले देशका पहाडी भूभागका केहि स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेकोले चट्याङ्गबाट जोगिन आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।
राति पश्चिमी भूभागमा सामान्य बदली रही बाँकी भूभागमा आंशिक देखि सामान्य बदली रहनेछ। पूर्वी पहाडी भूभागका एक–दुई स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना रहेको छ भने पूर्वी र मध्य हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद्ले जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस