
भारत । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले दिल्लीका सबै मजदुरलाई पाँच–पाँच हजार रुपैयाँ दिने बताएका छन्। भारतीय सञ्चार माध्यमका अनुसार कोरोना भाइरसका कारण मजदुरी गुमेका सबै निर्माण कार्यका मजदुरलाई राहत स्वरूप सो रकम दिने भएका हुन् ।
दिल्ली बिल्डिङ एन्ड अदर कन्स्ट्रक्सन वर्कर्स बोर्ड ९बीओसीडब्लू० मा दर्ता भएका सबै मजदुरले सो राहत पाउने बताइएको छ। बोर्डमा करिब ४ लाख मजदुर दर्ता भएको बीओसीडब्लूका अधिकारीले बताएका छन्।अन्य ज्याला मजदुरी गर्नेलाई भने सरकारले कुनै राहतको प्याकेज घोषणा नगरेको खवरहरुमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस