
१२ चैत, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस मार्ने औषधी भन्दै एक औषधीको नाम पटक पटक दोहोर्याए पछी सो कुरा पत्याउँदा एक जनाको ज्यान गएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।
संक्रमितका लागि उपयोगी हुने भन्दै उनले क्लोरोक्वाइन नामक औषधि सिफारिस गरेका थिए । तर , सो औषधी सेवनबाट श्रीमानको ज्यानै गएको छ भने श्रीमती गम्भीर बिरामी परेकी छन् ।
सो औषधि सेवन गरेपछी अमेरिकाको एरिजोनाका दम्पती नै बिरामी परेका थिए । बिरामीमध्ये श्रीमानको उपचारका क्रममा ज्यान गएको र श्रीमतीको अवस्था गम्भीर रहेको बीबीसीले जनाएको छ । ‘औषधि सेवनको छोटो समयमा नै दम्पती बिरामी परेका थिए,’ एरिजोनमा रहको सिस्टम ब्यानर अस्पतालले भनेको छ ।
क्लोरोक्वाइन माछा राख्ने ट्यांकी सफा गर्ने औषधि हो जुन ६० वर्ष माथिका ति दम्पतीले सेवन गरेका थिए । उनीहरुमा कोरोनाको सङ्क्रमण नभएपनी भाइरस नलागोस् भनेर सो औषधी सेवन गरेका थिए ।
ट्रम्पले आफ्ना सार्वजनिक अभिव्यक्तिहरूमा पटकपटक क्लोरोक्वाइनलाई कोरोना भाइरस निको पार्ने औषधि भएको बताएका कारण यो घटना भएप भन्दै अहिले उनको आलोचना भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस