
रुस । रूसमा बुधबार ७.५ म्याग्निच्युडको भूकम्प गएको छ। सुदूर पूर्वी कुरिल टापुनजिकै भूकम्प गएको हो । प्यासिफिक सुनामी सेन्टरले भूकम्पपछि केन्द्रविन्दुदेखि १ हजार किलोमिटरसम्म सुनामी आउन सक्ने चेतावनी जारी गरेका छन्।
सुनामीले अमेरिकाको हवाई, जापान लगायतका क्षेत्रमा असर पुग्न सक्ने बताइएको छ। भूकम्पबाट भएको क्षतिको विवरण आउन बाँकी छ।
प्रतिक्रिया दिनुहोस