aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 

कन्टेनरमा लुकेर वीरगञ्ज पुगेका ५२ जना पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १२ चैत्र २०७६
कन्टेनरमा लुकेर वीरगञ्ज पुगेका ५२ जना पक्राउ

वीरगन्ज । लकडाउन उल्लंघन गरेर नेपालका विभिन्न शहरबाट खाली कन्टेनरमा लुकेर वीरगन्ज पुगेका ५२ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंबाट चितवनको भरतपुर, हेटौंडा हुँदै वीरगन्जस्थित घण्टाघर पुगेका ना ५ ख ९५५२ नम्बरको कन्टेनर भित्र रहेका ३ बालबालिका सहित ५२ जनालाई मंगलवार राति प्रहरीले पक्राउ गरेको हो । 

प्रति व्यक्ति २ सय रुपैयाँ भाडा दिने सर्तमा चालकले आफुहरुलाई कन्टेनरमा चढाएको यात्रूहरुले बताएका छन्। पक्राउ परेका बारा, पर्सा र रौतहटका बासिन्दा हुन्। उनीहरु व्यापार व्यवसाय र मजदुरीका लागि काठमाडौं, भरतपुर र हेटौंडामा बस्दै आएका थिए।  मंगलबारदेखि लकडाउन भएपछि घर फर्किन अन्य कुनै सवारी साधन नपाएपछि खाली कन्टेनर भित्र बसेर घर फर्केका प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस