
काठमाडौं । नेपालमा कोभिड १९ अर्थात कोरोना भाइरसको नयाँ संक्रमित व्यक्ति फेला परेका छन् । टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालले केन्द्रिय प्रयोगशालामा जाँचका लागि पठाएको नमुनामा पोजेटिभ रिपोर्ट आएसंगै हालसम्म नेपालमा संक्रमितको संख्या तीन पुगेको छ ।
उनको नाम र ठेगाना गोप्य राखिएको छ। खाडी मुलुकबाट आएका ती बिरामी टेकु अस्पतालको आइसोलेसन वार्डमा उपचाररत छन् ।
अस्पतालले हालसम्म शंकास्पद ६ सय ८७ जनाको स्वास्थ्य परीक्षण गरेकोमा तीन जनामा पोजेटिभ देखिएको थियो । जसमध्ये एक जना निको भइसकेका छन् भने, २ जना उपचारमा छन्।
यसअघि चीनबाट फर्केका एक युवा र फ्रान्सबाट कतार हुँदै फर्केकी एक युवतीमा कोरोनाको संक्रमण देखिएको थियो ।
चीनबाट फर्केका युवा उपचारपछि निको भएर घर फर्किसकेका छन् भने युवतीको उपचार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस