aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 

अब एक महिनामा एउटा मात्रै ग्यास सिलिण्डर पाइने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १२ चैत्र २०७६
अब एक महिनामा एउटा मात्रै ग्यास सिलिण्डर पाइने

काठमाडौं । नेपाल आयल निगमले एक महिनामा एक परिवालाई एउटा मात्र ग्यास सिलिन्डर दिने नीति ल्याएको छ । कोरोना भाइरसको असर लम्बिन सक्ने आकलन गर्दै निगमले यस्तो नीति अघि सारेको हो ।

यस नीतिअनुसार हरेक डिलरले बिक्रेतालाई ग्यास बिक्री गर्दा मासिकरूपमा ‘एक परिवार, एक सिलिन्डर’को प्रक्रिया अपउनुपर्ने हुन्छ । बिक्री गरिएको उपभोक्ताको नाम, ठेगाना, नागरिकता नम्बर र फोन नम्बरको रेकर्ड राख्नुपर्ने हुन्छ । यस्तो रेकर्ड सरकारको सम्वन्धित निकायले मागेको बेलामा डिलरले उपलब्ध गराउनुपर्ने निगमले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस