aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 

दैनिक मजदुरी गर्नेलाई सहयोग गर्न खोज्दा दातालाई सीडीओेले पास दिएनन्

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १२ चैत्र २०७६

काठमाडौं । लकडाउनका कारण दैनिक ज्याला मजदुरी गर्नेको रोजीरोटी खोसिएपछि सहयोग गर्न खाज्ने एक दातालाई जिल्ला प्रशासन कार्यालय, काठमाडौंले पास नदिएको गुनासो गरेका छन् । काठमाडौं बुद्धनगर बस्ने इन्जिनियर दम्पत्ती मंगलाल श्रेष्ठ र रुक्मिणी श्रेष्ठले सरकारले देश लक डाउन गरेपछि दैनिक ज्याला मजदुरी गर्ने एउटा परिवारलाई ६ हजारका दरले सहयोग रकम उपलब्ध गराउन खोजेका हुन् । तर, जिल्ला प्रशासन कार्यालयले पास उपलब्ध नगराउदा उनले सो सहयोग दिन पाएका छैनन् । 

काभ्रे नमोवुद्ध नगरपालिका वडा नम्बर १० स्थायी घरभई हाल काठमाडौं बस्दै आएका दम्पत्तीले हिजो दिनभर काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीआ)ेलाई फोन गरे, तर उनको फोन उठेन । ‘फोन नउठेपछि मैले अर्कै मान्छे लगाएर सीडियोलाई फोन गरेर पास उपलब्ध गराउन अनुरोध पनि गरे तर, सीडीओबाट सहयोग रकम सरकारी कोषमा रकम जम्मा गर्न भनियो,’ उनले गुनासो गरे ।

लकडाउनका बेला घरबाट निस्केर जाँदा नियम उलघंन गरेको हुने नगए वृद्ध/वृद्धाबाट फोन आएर पीडा भइसक्यो,’ मलाई मोटरसाइकल गुडाउन मिल्ने पास उपलब्ध गराइ दिए उहाँहरू बसेकै स्थानमा गएर सहयोग रकम दिएर आउथे,’ उनले भने ‘मैले पनि पैसा भएर दिन लागेको होइन, दैनिक मजदुरी गर्ने परिवारले खान नपाएर मर्न नपरोस् भनेर यस्तो विपद्को बेलामा सानो सहयोग गर्न खोजेको हुुँ ।’

काठमाडौं उपत्यकामा दैनिक ज्याला मजदुरी गरेर बाच्नेहरूले यस्तो बेलामा काम नपाउने र गाँसबासकै समस्या हुने देखिए सानो परिवारलाई सामान्य साग भात खान एक महिनालाई पुग्ने गरी रकम उपलब्ध गराउन लागेको हुँ,’ उनले भने ‘सामान्यतया यसरी खादा सानो परिवारलाई दैनिक २ सयका दर पुग्न आउँछ ।’

श्रेष्ठ दम्पत्तीले ५० परिवारलाई प्रतिपरिवार ६ हजारका दरले सहयोग गर्ने बताएपनि अहिलेसम्म उनलाई ३ सय ४० परिवारबाट फोन आइसकेको छ । हिजोसम्म २ सय १४ जनाले सहयोग गर्न याचना गरेका थिए । यसका साथै ६० वर्ष नाघेका वृद्ध/वृद्धालाई जनही २ हजारका दरले सहयोग गर्न चाहेका छन् । 

 

प्रतिक्रिया दिनुहोस