काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासी आम नागरिकलाई घरमै बस्न सन्देश दिएका छन् । उनले भनेका छन् ‘म पनि घरमै बसेर सरकार सञ्चालन गरिरहेछु । तपाईहरू पनि घरमै बस्नुहोस् । कोरोना भाइरसका कारण देश लकडाउन गरिएपछि उनले देशबासीका नाममा यस्तो सन्देश पठाएका हुन् ।
प्रम ओलीले ट्वीटर मार्फत दिएको यो सन्देश अर्काे घोषण नहुञ्जेल सबै नागरिकलाई घरमै बस्न आग्रह गरेका हुन् । प्रमको यो सन्देशले लकडाउन अझ लम्बिन पनि सक्ने अर्थ पनि बुझाउन सक्छ । सरकारले चैत ११ गतेदेखि १८ गतेसम्म एक हप्ताका लागि देश लकडाउन गरेको छ । भारतले पनि २१ दिनका लागि आफ्नो देश लकडाउन गरेको छ ।
प्रतिक्रिया दिनुहोस