
काठमाडौं । बेलायती राजकुमार चार्ल्सलाई पनि कोरोना भाइरसको संक्रमण पुष्टी भएको बीबीसीले जनाएको छ । अन्तराष्ट्रिय समाचार संस्था बीबीसीले जनाए अनुसार अनुसार उनकी पत्नी क्यामिल्लामा कोरोना भाइरसको संक्रमण देखिएको छैन ।
७१ वर्षीय राजकुमार चार्ल्समा कोरोनाका प्रारम्भिक लक्षणहरु देखिएपछि परिक्षण गरिएको थियो । उनि अहिले स्कटल्याण्डको बालमोरल क्यास्टलमा सेल्फ आइसोलेसनमा बसेका छन् ।
उनीहरुले १३ दिन अघि बेलायती महारानीलाई भेटेका थिए । तर, महारानीमा भने कुनै लक्षण देखिएको छैन । चार्ल्सलाई सङ्क्रमण कसरी भयो भन्ने चाहीं खुलेको छैन ।
प्रतिक्रिया दिनुहोस