aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 

विरगञ्जमा अत्यावश्यक वस्तु उपलब्ध गराउने महानगरको तयारी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १२ चैत्र २०७६
विरगञ्जमा अत्यावश्यक वस्तु उपलब्ध गराउने महानगरको तयारी

वीरगंज । सरकारले घोषणा गरेको लकडाउनलाई अझ प्रभावकारी बनाउनु आपुर्तिलाई सर्व साधारणको  घरसम्म पुर्याउनबारे वीरगन्जमा सरोकारवाला बिच छलफल भएको छ ।भिडभाड हुन नदिई अतिआवश्यक उपभोग्य वस्तुहरु उपलब्ध गराउन वीरगंज महानगरपालिकाले तयारी थालेको हो ।

कोविड १९ अर्थात कोरोना भाइरसको संक्रमण फैलन नदिन भन्दै सरकारले देश लकडाउनको घोषणा गरेसँगै महानगरपालिकाले पनि आवश्यक उपभोग्य वस्तु खरिद गर्ने ठाउँमा भिडभाड हुन नदिई उपभोग्य वस्तु उपलब्ध गराउने बारे तयारी थालेको हो ।

महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीको पहलमा स्थानीय प्रशासन, उद्योगी व्यवसायी ओषधी तथा  एवम खुदरा व्यवसायी सम्मिलित बैठकले भिडभाड नगराई अतिआवश्यक वस्तु नागरिकलाई उपलब्ध गराउने बारे छलफल भएको हो ।

ग्याँस, खाद्यान्न लगायतका दैनिक उपभोग्य वस्तु पाउन कठिन भएको र चर्को मूल्यवृद्धि भएको गुनासो आएपछि महानगरपालिकाले सम्बन्धित सबैलाई बोलाएर यस्ता वस्तुहरु सहज रुपमा उपलब्ध गराउने वातवरण बनाउन आग्रह गरेका थिए ।

बैठकमा पर्साका प्रमुख जिल्ला अधिकारी विष्णुबहादुर कार्की, उद्योग वाणीज्य संघ वीरगंजका अध्यक्ष गोपाल केडिया, उद्योगी सुवोध गुप्ता, मनोज दास, औषधी व्यवसायी संघका प्रतिनिधि, तरकारी विक्रेतासंघका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो । औषधी, ग्याँस, तरकारी तथा खाद्यान्न सहज रुपमा वितरण गर्ने व्यवस्था गर्न सबैलाई आ–आफ्नो ठाउँबाट सहयोग गर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस