aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 
३० हजार अमेरिकी डलर

चीनियाँ कम्पनीले नेपाललाई दियो २ हजार कोरोना भाइरस नाप्ने किट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १२ चैत्र २०७६
चीनियाँ कम्पनीले नेपाललाई दियो २ हजार कोरोना भाइरस नाप्ने किट

काठमाडौं । चीनको एक कम्पनीले नेपाललाई दुई हजार थान ‘टेस्टिङ किट’ सहयोग स्वरूप उपलब्ध गराएको छ । बेइजिङ सावन्त बायोटेक्नोलोजी कम्पनी लिमिटेडले कोरोना भाइरस (कोभिड–१९) जाँच्ने एन्टिजेन डिटेक्सन रिएजेन्ट ‘टेस्टिङ किट’ नेपाललाई उपलब्ध गराएको हो ।

बुधबार बेइजिङस्थित चीनका लागि नेपाली दूतावासलाई उक्त किट बुझाएको चीनका लागि नेपालका कार्यवाहक राजदूत सुशीलकुमार लम्सालले जनाएका छन् । उनका अनुसार उक्त किट बुधबार नै नेपाली महावाणिज्य दूतावास ल्हासामा पठाइसकिएको छ । उक्त किट  स्थलमार्गबाट पठाउन ल्हासाबाट पठाइएको हो ।

बुधबार एक समारोहबीच बेइजिङ सावन्त बायोटेक्नोलोजी कम्पनी लिमिटेडका महाप्रबन्धक याङ क्वोफिङले कुल ३० हजार अमेरिकी डलर मूल्य पर्ने उक्त टेस्टिङ किट कार्यवहाक दाजदूत लम्साललाई हस्तान्तरण गरेका हुन् ।

उक्त कम्पनीद्वारा उत्पादित कोरोना भाइरस टेस्टिङ किट विश्वका धेरै मुलुकमा प्रयोग भइरहेका छन् । उसले नेपाललाई सहयोग स्वरुप पठाएको हो । कोरोना भाइरसका कारण देशनै लडकडाउन भए पनि नेपालमा भाइरस परीक्षणका लागि आवश्यक किटको अभाव छ । 


 

प्रतिक्रिया दिनुहोस