aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

सिमकोटमा एकबाट अर्को वडामा जान निषेध

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १३ चैत्र २०७६
सिमकोटमा एकबाट अर्को वडामा जान निषेध

सिमकोट । कोरोना भाइरस (कोभिड–१९) को सम्भावित जोखिम न्यूनीकरणका लागि हुम्लाको सिमकोट गाउँपालिकाले आपतकालीन कोष खडा गरेको छ ।

सो भाइरसका बारेमा सर्वसाधारणलाई सचेतना जगाउन १० लाख रुपियाँ बजेट व्यवस्था गरी कोष खडा गरेको हो । ती गाउँपालिकामा बुधबार बसेको गाउँकार्यपालिकाको बैठकले सम्भावित खतरालाई ध्यानमा राख्दै यस्तो निर्णय गरेको सिमकोट गाउँपालिकाका अध्यक्ष पदमबहादुर लामाले बताए ।

उनले भने, “कुनै आपत परिहाले तत्काल खर्च गर्न हामीले कोष खडा गरेका छौँ ।” त्यस्तै कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि एक गाउँबाट अर्को गाउँ र वडा प्रवेशमा निषेध लगाउने निर्णय गरेको उनले बताए । 

आवश्यकतानुसार कोषमा पैसा हेरफेर गर्न सकिने गरी निर्णय भएको गाउँपालिकाका प्रवक्ता रुपसिंह सुनारले बताए । पालिका प्रमुख प्रशासकीय अधिकृत र लेखापाल जिल्ला बाहिर रहे पनि बैठकले आपतकालीन कोष खडा गरेको उनले बताए । 

बैठकले वडा नं १ देखि ८ सम्मका कोहीकसैमा समस्या वा कोरोनासम्बन्धी जानकारी लिनुपरेमा तीन जनालाई सम्पर्क गर्न भनिएको छ । अध्यक्ष पदमबहादुर लामा ९८५८३२०५२९, उपाध्यक्ष वलि रावत ९८५८३२२१५३ र निमित्त प्रमुख प्रशासकीय अधिकृत उजिर रोकाया ९८५८०२८९२१ लाई सम्पर्क गर्न सक्ने व्यवस्था गरिएको प्रवक्ता सुनारले जानकारी दिए । रासस  

प्रतिक्रिया दिनुहोस