aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

सङ्क्रमित युवतीसँगै जहाजमा आएकाहरू क्वारेन्टाइनमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १३ चैत्र २०७६
सङ्क्रमित युवतीसँगै जहाजमा आएकाहरू क्वारेन्टाइनमा
सांकेतिक तस्वीर

सिन्धुपाल्चाेक । फ्रान्सबाट कतार हुँदै नेपाल आएकी युवतीमा कोरोना सङ्क्रमण देखिएपछि एउटै विमान प्रयोग गरी आएका सिन्धुपाल्चोकाका तीनै जनालाई क्वारेन्टाइनमा राखिएको छ । उनीहरु  यही चैत ४ गते एउटै विमानमा काठमाडौँ आएका थिए ।   

मङ्गलबार साउदी एयरवेजमा आएका यात्रुको विवरण सार्वजनिक भएपछि सिन्धुपाल्चोकका तीन जना रहेको खुलेको थियो । एउटै जहाज प्रयोग गरेका जिल्लाका तीनै जनाको विवरण जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको छ । युवती आएको जहाजमा आएका सिन्धुपाल्चोकका तीन जना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक माधव काफ्लले जानकारी दिए । 

उनीहरुमध्ये एक  होम क्वारेन्टाइनमा, एक काठमाडौँ जोरपाटीस्थित ह्वाइट गुम्बा र अर्का व्यक्ति स्वयम्भूको नेपाल विद्युत् प्राधिकरणको क्वारेन्टाइनमा रहेको  जिल्ला समन्वय समितिका संयोजक कृष्णगोपाल तामाङले बताए ।

उनीहरुको परिवारलाई समेत होम क्वारेन्टाइनमा बस्न आग्रह गरिसकिएको उहाँको भनाइ छ । यस्तै मेलम्ची नगरपालिका वडा नं ६ तालामाराङकी  ३५ वर्षीया  युवती दुवईबाट भारत, काठमाडौं हुँदै गाउँ छिरेको सूचना प्राप्त भएपछि तत्काल स्वास्थ्यकर्मीको सम्पर्कमा ल्याउन जिसस संयोजक तामाङले अनुरोध गरेपछि मेलम्ची इलाका प्रहरीको अगुवाइमा हाल चिकित्सकको निगरानीमा रहेको प्रहरी निरीक्षक फलबहादुर तामाङको भनाइ छ ।

मेलम्ची १२  बाँसबारीका दुई  युवा भारतबाट घर फर्केर निर्बाध हिंँडडुल गरिरहेकाले तिनलाई समेत नियन्त्रणमा लिई स्वास्थ्य परीक्षण गर्न लगाउन प्रहरी एकाइ खटाइएको उनको भनाइ छ । चौतारास्थित जिल्ला अस्पतालमा दुवईबाट घर फर्केका तीन जनालाई स्वास्थ्य परीक्षण गरी होम क्वारेन्टाइनमा राखिसकिएको तामाङले जानकारी दिए ।

यसैंगरी, साेही जहाजमा कतार हुदै नेपाल आएकी कोराना सक्रमित महिला चढेको विमानमै कतारबाट आएका पाँचथरका दुई युवाहरु जनालाई मोरङको टाडीमा रहेको क्वारेन्टाईनमा राख्नका मोरङ पठाइएको छ । घरैबाट एम्बुलेन्स मार्फत बुधवार साझ मोरङतर्फ लगिएको हो ।

कतारबाट आएकादुई जनालाई सुरक्षीत क्वारेनटाईनमा राख्न मोरङ्गको टाडिँ पठाइएको र परिवारलाई भने होम क्वारेन्टाइनमा राखिने १ नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रीइन्द्र बहादुर आङ्बोले जानकारी दिए ।

गत चैत ४ गते बाट नेपाल आएका मध्ये फाल्गुनन्द गाँउपालिका–१ नविडाँडाका का एक जना र फिदिम–६ शिवाका एकजना लाई सुरक्षित क्वारेन्टाईनमा पठाइएको हो ।अर्का एकजना पाँचथर ठेगाना भएका भनिए पनि उनीहाल झापा बसोबास गर्दै आएको पाइएको छ । उनी पनि झापा माक्वारेन्टाईनमा रहेको आफन्तले जनाएका छन् ।

उनीहरुको स्वास्थ्यअवस्था हालसम्म सामान्य रहेका जानकारी दिइएको छ ।

४ गते कतार एयरलाइन्सको ६५२ नम्बर कलसाइन विमानबाट आएकी १९ वर्षीय किशोरीमा संक्रमण देखिएपछि अहिले त्यो विमानमा आउने यात्रुको ट्र्याक भइरहेको छ ।

तर, विमानमा यात्रा गर्नेमा महोत्तरी जिल्लाका मानिसहरु सबैभन्दा धेरै देखिएका छन्। त्यस्तै सप्तरी, धनुषा, काठमाडौं पनि धेरै छन्। सबै गर्दा ३२ भन्दा धेरै जिल्लाका मानिसको पहिचान भएको छ ।

अहिलेसम्म १ सय ५८ जनाको पहिचान भइसकेको प्रहरीले जनाएको छ । त्यसबाहेक अरुको खोजी जारी छ। यीमध्ये बुधबारै १३ जना प्रहरीसमक्ष पुगिसकेको छ। उनीहरु सबै सेल्फ क्वारेन्टाइनमा बसिरहेका छन् ।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय, सम्बन्धित वडाका अध्यक्ष समेत गएर होम क्वारेन्टाइनबारे निगरानी राखिराखेका थिए ।

अध्यागनम विभागले प्रहरीलाई उपलब्ध गराएको जानकारी अनुसार उनीहरुको पहिचान भइसकेको हो ।

'हामीले पाएको विवरणमा उल्लेखित ठेगाना अनुसार स्थानीय प्रहरीलाई खबर गरेका छौं' नेपाल प्रहरीका प्रवक्ता डिआइजी शैलेश थापा क्षेत्रीले भने ।

प्रतिक्रिया दिनुहोस