aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

नरेन्द्र मोदीद्धारा ठूलो राहतको प्याकेज घोषणा, गृहिणीदेखि विद्यार्थीसम्मलाई निःशुल्क रासन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १३ चैत्र २०७६
नरेन्द्र मोदीद्धारा  ठूलो राहतको प्याकेज घोषणा, गृहिणीदेखि विद्यार्थीसम्मलाई निःशुल्क रासन

एजेन्सी । कोरोना भाइरसको संकटबाट बाहिर निस्कन नरेन्द्र मोदी सरकारले ठूलो राहत प्याकेज घोषणा गरेको छ। अर्थमन्त्री निर्मला सीतारमणले बिहीबार दिउँसो एक लाख ७० हजार करोड सहयोग गर्ने घोषणा गरेकी छिन ।  जसबाट आम जनतालाई बिभिन्न तरीकाले सहयोग पुर्‍याइनेछ। सरकारले आगामी तीन महिनामा देशका करिब २० करोड महिलाको खातामा प्रतिमाह ५०० रुपैयाँ सहयोग पुर्‍याउने घोषणामा बताएका छ।

अर्थमन्त्री निर्मला सीतारमणले घोषणा गरे कि प्रधानमन्त्री जनधन खाता अन्तर्गत बैंक खाता भएका करिब २०.५० करोड महिलालाई आगामी तीन महिनामा ५०० रुपैयाँ सहयोग दिइनेछ। यो रकम प्रत्येक महिना यी महिलाहरूको बैंक खातामा जम्मा हुनेछ।

यस बाहेक प्रधानमन्त्री उज्ज्वला योजना अन्तर्गत देशका ८ करोड बीपीएल परिवारहरुलाई आगामी तीन महिनामा निःशुल्क सिलिन्डर प्रदान गरिनेछ। उज्ज्वला योजना अन्तर्गत ८.५ करोड महिलाको नाममा ग्यास कनेक्सन खोलिएका थिए । अब उनीहरुलाई आउँदो तीन महिनासम्म निस् शुल्क सिलिन्डर दिइनेछ।

कोरोना भाइरसको बारेमा गरिएको घोषणामा देशका सबै जनताका लागि खाद्यान्नहरू पनि राखिएको छ। प्रधानमन्त्री अन्ना योजना अन्तर्गत ५ किलो अतिरिक्त गहुँ वा चामल आगामी तीन महिनासम्म उपलब्ध गराइने छ। ८० करोड लाभार्थीले यसबाट लाभ पाउने छन्। यस बाहेक १ किलो दालको व्यवस्था गरिएको छ, यी सबै निःशुल्क रूपमा उपलब्ध हुनेछन्।

यसका साथ, अर्थमन्त्रीले घोषणा गरे कि पीएम गरीब कल्याण योजना अन्तर्गत महिला स्वयं सहायता समूह अन्तर्गत ७ करोड परिवारहरुलाई दीन दयाल राष्ट्रिय ग्रामीण आजीविका योजना अन्तर्गत लाभान्वित गरिनेछ । उनीहरुलाई दोगुनी गरी २० लाख रुपैया गरिनेछ।

प्रतिक्रिया दिनुहोस