aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

धैर्य गर्नुहोस्, चिन्तित नहुनुस्ः प्रधानमन्त्री ओली

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १३ चैत्र २०७६
धैर्य गर्नुहोस्, चिन्तित नहुनुस्ः प्रधानमन्त्री ओली
फाइल तस्विर

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले कोरोना भाइरसको उपचारमा संलग्न चिकित्सक र प्राविधिकलाई मानवीय संकटको एकजुट भएर सामना गर्न आग्रह गरेका छन् । बिहीबार ट्वीट गर्दै प्रधानमन्त्री ओलीले सरकार साथमा रहेको उल्लेख गर्दै यस्तो आग्रह गरेका हुन् । 

‘चिकित्सक तथा प्राविधिक साथीहरु हाल मौज्दात सामग्रीको आधिकाधिक प्रयोगबाट परीक्षण र उपचारमा सामेल होऔँ, तपाईंहरुकै सिफारिसका थप सामग्रीहरु उपलब्ध हुँदैछन् धैर्य गरौँ’, प्रधानमन्त्री ओलीले ट्वीटमा भनेका छन्, ‘कोभिड–१९ मानवीय संकटको एकजुट भएर सामना गरौँ, सरकार तपाईंहरुसँगै छ, चिन्तित नहोऔँ ।’

प्रतिक्रिया दिनुहोस