aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

भन्सारबाट आउने सामान डिस्इन्फेक्टेड पछि मात्र प्रवेश पाउने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १३ चैत्र २०७६
भन्सारबाट आउने सामान डिस्इन्फेक्टेड पछि मात्र प्रवेश पाउने

काठमाडौं । भन्सार विभागले आजदेखि डिस्इन्फेक्टेड (संक्रमणरहित) मालवस्तु भित्र्याउन शुरु गरेका छ । आज बिहानदेखि विभागले आफू मातहतका भन्सार कार्यालयहरूलाई नेपाल प्रवेश गर्ने मालवस्तु तथा गाडीहरूलाई संक्रमणरहित बनाउन ‘स्प्रे’ गरेर भित्र्याउन थालिएको हो ।  मालवस्तु आयातबाट हुन सक्ने जोखिमलाई न्यूनीकरण गर्न मालवस्तुलगायत मालवस्तु आयात गर्ने सवारी साधानसमेत स्प्रे गरेर भित्र्याउन थालिएको भन्सार  विभागका महानिर्देशक सुनम दाहालले आर्थिकनयुजलाई जानकारी दिए ।  

नेपाल भित्र्ने मालवस्तुलाई निसंक्रमण गर्न विभिन्न किसिमका केमिकलहरू पानीमा हालेर स्प्रे गर्न थालेका हौं,’ उनले अगाडी भने ‘ खाद्यवस्तुलाई कम विषालु खालका र मालवस्तुलाई कडा खालका विषादीबाट स्प्रे गरिएका छ् । ‘मानिसहरूलाई लकडाउन गरेर रोकियो । वास्तवमा हामीले मानिसलाई लकडाउन गरेकोे होइन, लकडाउन कोरोना भाइरसलाई गरिएको हो, मानिसलाई लकडाउन गर्दामात्र कोरोना संक्रमण रोकिदैन’ उनले थपे ‘मालवस्तुबाट पनि कोरोना संक्रमण हुने हुँदा यसलाई संक्रमणरहित बनाउन वाँकी नै थियो ।’ कोरोनका संक्रमणको जोखिम कम गर्न स्प्रे गर्ने विधि बनाएर आजदेखि सबै भन्सार कार्यालयलाई लागू गर्न लगाइएको हो । 

भन्सारले गर्ने तीन काममध्य राजस्व संकलन, व्यापार सहजीकरण र सामाजिक संरक्षण हो । सामाजिक संरक्षण अन्तर्गत यो विधि अपनाएका हौ,’ उनले भने । नेपाल र भारतमा लकडाउन भएपनि चहलपहल भने कम भएको छ । तर, नेपाल र भारत सरकार दुबैले अत्यावश्यक सामान र औद्योगिक सामान आयात नरोक्ने भनेका कारण भन्सारमा खासै समस्या छैन,’ उनले भने ‘भारतीय पक्षले अत्यन्त राम्रो सहयोगी भुमिका खेलको छ ।’ तर, स्टक सकिदै गएपछि सबै सामान अत्यावश्यक हुन्छ भन्ने मेरो बुझाइ हो । 

आपूर्ति व्यवस्था नरोकिएस् अर्थात लकडाउनपछि देखिएका दुविधाहरू हटाउनका लागि आज रक्सौल र विराटनगर नाका हेर्ने पटनाको कमिश्नर (महानिर्देशक) सँग भिडियोमा छलफल गरे,’उनले भने ‘नेपाल आउने मालवस्तु प्राथमिकता राखेर सहजीकरण गर्न मैले उहाँलाई भनेको छु ।’ 

उनीहरू पनि आजदेखि हाम्रो खाद्यान्न पसलहरू खोल्ने निर्णय गरेजस्तै उनीहरूले पनि मालवस्तु आयात गर्ने यातायात भने खोल्ने सल्लाह भएको रहेछ ।’ यसले नेपाललाई अझ सहज हुने देखिएको छ । हाम्रा आयात तथा निर्यात कर्तालाई इमर्जेन्सी पास उपलब्ध गराउन समेत भारतीय सरकार तयार भएको उनले जानकारी दिएको छ । 

लकडाउनपछि नाकामा कन्फ्युजनबाट समस्या आएको थियो । दुबै देशको भन्सार कार्यालय, भन्सार एजेन्ट तथा ट्रेड फरवाडस् बीच अन्योलता थिए । आजको वार्तापछि नेपालमा लकडाउन पछि सामान नजाने भन्ने अन्योलता हटेको छ ।’ भोलि शुक्रबार लखनउ र कलकताको कमिश्नरसँग कुरा गर्ने कार्यतालिका बनाएको डीजी दाहालले बताए । लखनउ, कलकता  र पटनाको कमिश्नरसँग कुरा गरेर हाम्रो आपूर्ति व्यवस्थापन सहज गराइ दिन भनियो भने  हामीलाई चाहिने आयात सहजीकरण हुन्छ । र तेस्रो मुलुकबाट आउने सामानका लागि केही पनि रोकतोक हुँदैन ।

 साथै आजैदेखि तातोपानी र भन्सार नाका पनि खुलेको उनले जानकारी दिए । कोरोनाका कारण गत माघ १५ गतेदेखि उक्त नाका बन्द थिए । अब नाका खुलेपछि चीनबाट औषधि तथा अन्य मेडिकल किटसमेत ल्याउन सहज हुने भएको छ । 
 

प्रतिक्रिया दिनुहोस