aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

कोरोना विरुद्ध लड्न जी २० ले ५ खर्ब डलरको कोष तयार पार्ने घोषणा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १४ चैत्र २०७६
कोरोना विरुद्ध लड्न जी २० ले  ५ खर्ब डलरको कोष तयार पार्ने घोषणा

एजेन्सी । कोरोना भाइरसको कारण सारा विश्वको अर्थव्यवस्था नहसनह भइरहेको छ। धेरै देशहरूमा कोरोना भाइरसको शिकार भएको छन। यसैबीच, जी २० देशहरूले यस महामारीको सामना गर्न विश्व अर्थतन्त्रलाई ५ खर्ब अमेरिकी डलर दिने घोषणा गरेका छन्।

कोरोना भाइरसको कारण, सम्पूर्ण विश्वले आर्थिक मूल्य चुकाउनुपर्ने स्थिति सिर्जना भएको छ । यस कारणले गर्दा, उद्योगहरुमा एक ठूलो ब्रेक भएको छ। यसलाई ध्यानमा राखी विश्वव्यापी जीडीपी घटाउने सम्भावना पनि बढेको छ। यद्यपि, अब जी २० देशहरू विश्व अर्थतन्त्रका लागि अगाडि आएका छन् र कोभिड १९ महामारीको सामना गर्न विश्व अर्थतन्त्रलाई ५ खर्ब अमेरिकी डलर दिने घोषणा गरेका छन्।

प्रतिक्रिया दिनुहोस