
काठमाडौं । कोरोना भाइरस (कोभिड १९)को संक्रमण र मृत्युदरको वृद्धिदर अब इटालीबाट अमेरिका तर्फ सरेको छ । चीनको वुहान सहरबाट फैलिएको कोराना सुरुवातको महिनाभरमा नफैलिएका संख्या अहिले एकै दिनमा बढी फैलिएको छ ।
शुक्रबार बिहानसम्म आउदा विश्वको सबैभन्दा बढी संक्रमित राष्ट्र अमेरिका भएको छ । करिव १६ हजार ९ सय ९१ जना संक्रमित थपिएका छन् । अमेरिकामा हालसम्म ८५ हजार २ सय २ जना संक्रमित हुँदा १ हजार २ सय ९० जनाको मृत्यु भएको छ । जहा एकै दिन २ सय ६३ जनाको मृत्यु भएको छ ।
चीनमा अहिलेसम्म ८१ हजार २ सय ८५ संक्रमित हुँदा ३ हजार २ सय ८७ जनाको मृत्युु भएको छ । इटालीमा ८० हजार ५ सय ८९ संक्रमित हुँदा ८ हजार २ सय १५ जनाको मृत्यु भएको छ । जर्मनले कोरानाबाट संक्रमणको संख्या र मृत्यु हुनेको संख्यामा उल्लेख्य सुधार गरेको छ । जर्मनमा हालसम्म ४३ हजार ९ सय ३८ जना संक्रमितमा २ सय ६७ जनाको मात्र मृत्यु भएको छ । त्यस्तै स्पेनमा पनि कोरोना संक्रमण र मृत्युदरमा सुधार आएको छ ।
हालसम्म ५ लाख ३१ हजार ५ सय १६ जना संक्रिमित हुँदा २४ हजार ६१ जनाको मृत्यु भएको छ । वल्डो मिटरका अनुसार कोरोना संक्रमित राष्ट्र १९९ पुगिसकेका छन् ।
प्रतिक्रिया दिनुहोस