
काठमाडौं । देशका केही ठाउँमा शुक्रबार चट्याङ्ग र हावाहुरी सहित पानी पर्ने सम्भावना रहेको छ । पश्चिमी निम्न चापीय प्रणालीको असरले शुक्रबार देशका केही ठाउँमा चट्याङ्ग र हावाहुरी सहित पानी पर्ने तथा हिमाली क्षेत्रको केही ठाउँमा हिमपातको पनि सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
मौसमविद्का अनुसार मध्य र पूर्वको तुलनामा पश्चिम क्षेत्रमा धेरै पानी पर्नेछ । तर पश्चिमी निम्न चापीय प्रणाली मध्य हुँदै पूर्वमा सर्ने भएकाले दिउँसोपछि काठमाडौंसहित मध्य क्षेत्रको मौसम पनि बदली भइ चट्याङ र हावाहुरीसहित पानी पर्नेछ ।
यसकै प्रभावले शुक्रबार बेलुकीसम्ममा पूर्वका केही ठाउँमा पनि पानी पर्ने सम्भावना रहेको मौसमविद्को भनाइ छ ।
प्रतिक्रिया दिनुहोस